नेकपा भैरवीले टुंग्यायो वडा स्तरको एकता प्रक्रिया

कात्र्तिक ९, दैलेख
नेपाल कम्युनिष्ट पार्टी भैरवी गाउँपालिका गाउँ कमिटीले सात वटै वडामा एकता प्रक्रिया टुंग्याएको छ । गाउँ कमिटीका अध्यक्ष हिक्मत बहादुर बिकको अध्यतामा गाउँपालिकामा रहेका सात वटै वडामा एकता प्रक्रिया टुंग्याईएको बताईएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दैलेखको निर्देशन अनुसार एकता प्रक्रिया टुंग्यो लगाईएको भैरवी गाउँ कमिटीका अध्यक्ष हिक्मत बहादुर बिकले बताए ।
सात वडामा पूर्व माओवादी र पूर्व एमालेलाई प्रदान गर्नुपर्ने वडा सहमतिकै आधारमा अध्यक्ष सहित १६ जना र सचिव परेको ठाउँमा सचिव सहित १३ जना गरी प्रत्येक वडामा २९ सदस्यीय वडा समिति गठन गरिएको अध्यक्ष हिक्मत बहादुर बिकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार